काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको खुद नाफा घटेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा मा ७५ लाख ५० हजार दुई सय १९ रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा निकै नै कम हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा एक करोड ४१ हजार दुई सय ७२ रुपैयाँ रहेको थियो
संस्थाले हाल ३१ करोड ९८ लाख १८ हजार दुई सय रुपैैयाँ चुक्तापुँजी कायम गरेको छ । आव २०८०/०८१ मा ९० करोड ४२ लाख ७९ हजार पाँच सय १६ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ७६ करोड ५७ लाख ८८ हजार दुई सय ९० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा २३ करोड ७२ लाख ५६ हजार पाँच सय ७४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ६५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा २८ लाख ३३ हजार एक सय ६६ रुपैयाँले ऋणात्मक रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव २४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ९९ करोड ४० लाख २६ हजार एक सय ३९ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४३ करोड एक लाख एक हजार दुई सय ८३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २० करोड ७७ लाख २० हजार एक सय ४० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ३७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ६६ प्रतिशत रहेको थियो ।