नयाँ दिल्ली, मंसिर २९ कतारको फन्डले भारतमा ४५ करोड डलर लगानी गर्ने भएको छ । भारतको ऊर्जा कम्पनी अदानी ट्रान्समिसन लिमिटेडको २५.१ प्रतिशत सेयर खरिद गर्ने भएको छ । दुवै कम्पनीले यसको पुष्टि गरेका छन् । कतारको लगानी प्राधिकरणले अदानी इलेक्ट्रिसिटी मुम्बई लिमिटेड (एईएमएल)को सेयर किन्नेछ । त्यसमा यसअघि फन्डले ऋण लगानी पनि गरेको छ । एईएमएल ऊर्जासम्बन्धी कम्पनी हो । यसका मुम्बईमा ३० लाख उपभोक्ता रहेको छ ।