काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले बढी अनुपातमा रहेको संस्थापक सेयर रूपान्तरण गर्ने भएको छ । संस्थामा हाल संस्थापक सेयरधनी समूहको ५९ दशमलव ४० प्रतिशत सेयर स्वामित्व रहेको छ भने सर्वसाधारणको ४० दशमलव ६० प्रतिशत सेयर स्वामित्व रहेको छ । सोअनुसार बढी अनुपातमा रहेको संस्थापकलाई सेयरलाई ५१ प्रतिशतमा झारी संस्थापक र साधारण सेयरधनी समूहको अनुपात ५१ः४९ प्रतिशत कायम गर्ने संस्थाले जानकारी दिएको छ ।
त्यसैगरी मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले झण्डै २२ करोड रुपैयाँ नाफा कमाएको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा २१ करोड ९५ लाख ७३ हजार एक सय ३१ रुपैयाँ नाफा कमाएको हो । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ७४ लाख ६६ हजार चार सय ६२ रुपैयाँ रहेको थियो ।
हाल चुक्तापुँजी एक अर्ब ३२ करोड रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा तीन अर्ब ४० करोड ७९ लाख ८४ हजार ७२ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ८५ करोड एक लाख ६० हजार पाँच सय चार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ८७ करोड ४८ लाख ४७ हजर नौ सय ७४ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा सात दशमलव ६४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ भने स्प्रेडदर छ दशमलव ८८ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब ४२ करोड ४७ लाख ७५ हजार आठ सय ७३ रुपैयाँ निक्षेप संकलन गरी १३ अर्ब ९१ करोड ६६ लाख ४५ हजार सात सय ६६ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ७६ करोड ७० लाख १६ हजार २८ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा पाँच दशमलव ८४ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव १८ प्रतिशत रहेको थियो ।