काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चार करोड ७५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा दुई करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा दुई करोड ९५ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १९ करोड ६० लाख दुई हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब चार करोड २६ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७५ करोड ४९ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ७४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ७५ लाख ४५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ३९ प्रतिशत रहेको छ ।