मोगादिसु । संयुक्त राष्ट्र संघीय राहत एजेन्सीले सन् २०२४ को मानवीय आवश्यकता र प्रतिक्रियाका लागि सोमालियालाई दुई करोड ८६ लाख अमेरिकी डलर विनियोजन गरेको जनाएको छ ।
सोमालिया मानवीय कोष (एसएचएप)ले यो रकम विशेषगरी समाजबाट अवहेलित र दुरदराजमा रहेकाहरुको सहायताका लागि प्रयोग गरिने मानवीय मामिला समन्वयको लागि राष्ट्रसंघीय कार्यालय (ओसीएच)ले बताएको छ ।
यस कोषले ओसीएच र आफना ५४ साझेदारलाई सोमालियामा बाढी, पहिरो, खडेरीजस्ता सम्स्याहरुबाट सुरक्षा र समन्वय बढाउनको लागि तत्काल सहयोग प्रदान गर्न सक्षम बनाएको जनाएको छ । कोषले रकमलाई आपत्कालीन परियोजना र एक विशिष्ट परियोजनाका लागि विनियोजन गरेको छ । रासस/सिन्ह्वा