काठमाडौं । स्मार्ट एप्लाएन्सेस प्रालि र ॐ हस्पिटल एन्ड रिसर्च सेन्टरबीच स्वच्छ खानेपानीका लागि सहकार्य गर्ने सहमति भएको छ । दुवैले हस्पिटलमा रहेको बिरामी प्रतिक्षास्थल तथा विश्रामस्थलमा स्वच्छ खानेपानी सेवाका लागि सहकार्य गर्ने सहमति गरेका हुन् ।
केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट एप्लाएन्सेस प्रालिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वच्छ पानी स्वस्थ जिन्दगानी भन्ने नारासहित आगामी दिनहरूमा पनि अन्य अस्पताल तथा स्वास्थ्य केन्द्रहरूसँग सहकार्य गरी निःशुल्क लिभप्युअर आरओ ड्रिङ्किङ वाटर सिस्टम जडान गर्नेे भएको छ । स्मार्ट एप्लाएन्सेसका डेपुटी सेल्स म्यानेजर कमल कडेल, मार्केटिंग एक्जुकुटिव विवेक राठी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतको कार्यकक्षमा नर्सिङ डाइरेक्टर उमा श्रेष्ठ समेतको उपस्थितिमा एक औपचारिक समारोहका बीच दुवै पक्षले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । स्मार्ट एप्लाएन्सेस प्रालिले थप तीन वटा पोर्टेवल रिवर्स अस्मोसिस मेसिन जडान गरी अस्पतालमा स्वच्छ पिउने पानीको उपलब्धतालाई थप सहज बनाउने ॐ हस्पिटलका प्रशासकीय व्यवस्थापक विपीन जङ्गमले बताए ।