काठमाडौं । हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैँतिहार लक्षित फेस्टिभ डिलाइट २०८१ योजना सार्वजनिक गरेको छ ।
कम्पनीले आफ्ना ग्राहकको दशैंतिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन हरेक वर्ष गाडीका साथै अन्य आकर्षक उपहारहरू दिँदै आएको छ । यस वर्ष पनि यही परम्परा कायम राखी कम्पनीले एक जना भाग्यमानी ग्राहकलाई मेड इन नेपाल हुन्डाई भेन्यु लक्की ड्रमार्फत प्रदान गर्ने भएको छ । हुन्डाईको चाडपर्व लक्षित योजना नेपाली अटोमोबाइल बजारमा सबैभन्दा बहुप्रतिक्षित योजना मानिँदै आएको छ । हुन्डाई फेस्टिभ डिलाइट २०८१ अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा १० लाख रुपैयाँसम्मको आकर्षक नगद छुट, स्क्राच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको नगद छुटका साथै एक वर्षका लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।
साथै, भदौ ११ गते सुरु हुने नाडा अटो सो २०२४ मा बुकिङ गर्ने ग्राहकहरू पनि यस योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीले जनाएको छ । नाडा अटोसो २०२४ मा हुन्डाईको ए टु स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सकिने छ । यस्तै, उपहार योजनाअन्तर्गत सबैै हुन्डाईको गाडीमा तीन वर्ष वारेन्टी र छ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । यो योजना मंसिर २२ (छठ पर्व)सम्म लागू हुनेछ ।