काठमाडौं, असार १५
मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान केएन९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ । रिचाजर्रले यही असार १६ गते मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म एक घण्टाको अवधिमा कम्तीमा १० बोतल भिटामिन सीयुक्त डबल सी ब्रान्डको जुस अर्डर गर्नेहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने भएको हो । उक्त सेल अवधिमा जुस अर्डर गर्दा रिचार्जरका प्रयोगकर्ताले एक हजार क्यास प्वाइण्ट भने रिडिम गर्नुपर्ने हुन्छ । रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सञ्चालन गर्नासाथ एक हजार क्यास प्वाइण्ट पाइने रिचार्जरले जनाएको छ ।
साबिकका प्रोयोगकर्ताको हकमा खातामा सञ्चित रहेको क्यास प्वाइण्ट रिडिम गरेर जुस किन्दा मास्क निःशुल्क पाइने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाईडरले बताए । ‘अहिले बजारमा १० वटा मास्कको मूल्य नै एक हजार रुपैयाँभन्दा धेरै पर्छ । त्यहि भएर थाइल्याण्डमा उत्पादित उच्च गुणस्तरको इम्युनिटी बुस्टर जुस किन्दा मास्क सित्तैमा दिन लागेका हौं’, अलाइभ ग्लाइडरले भने । यो अफरमा आउने अर्डरको डेलिभरी ढिलोमा ४८ घण्टामा गरिसक्ने रिचार्जरले जनाएको छ ।
मोबाइल, ल्यापटप तथा इलेक्ट्रोनिक ग्याजेटेस्हरु भने अर्डर गरेको २४ घण्टाभित्र डेलिभरी हुनेछ । रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रको लागि कोभिड १९ का सुरक्षा उपकरणहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । जतिको रिचार्ज ग¥यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट दिन्छ । यसरी उपलब्ध हुने क्यास प्वाइन्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।