तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराग्चीले शनिबार हमासका पोलिटब्युरो प्रमुख इस्माइल हनियाको हत्याप्रति देशको प्रतिक्रिया ‘विचारपूर्वक, सटीक र व्यवस्थित’ हुने बताएका छन् । उनले आफ्ना जर्मन, फ्रान्सेली र बेलायती समकक्षीहरूसँगको फोन कुराकानीमा उक्त कुरा बताएका हुन् ।
इरानी अधिकारीहरूले हानियाको हत्या गर्ने इजरायलको कारबाहीबारे समीक्षा गरिरहेको उनले बताए । हानियाको हत्याका लागि इजरायललाई सजाय दिने इरानको अधिकारलाई जोड दिँदै अराग्चीले भने, ‘इरानको राष्ट्रिय सुरक्षा र सार्वभौमिकताविरुद्ध इजरायलको आक्रमणको तेहरानले निश्चितरूपमा जवाफ दिनेछ र यो जवाफ उचित र व्यवस्थित हुनेछ’, अराग्चीले थपे, ‘ठीक समयमा र उपयुक्त विधि प्रयोग गरी बदला लिइनेछ ।’ रासस/सिन्ह्वा