काठमाडौँ, असार १५
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्युुदाबीबापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीका अनुसार सलाङ ५ धादिङ, बस्ने रेवती थापा मगरलाई बीमा दावी रकमबापत १० लाख २६ हजार पाँच सय रूपैयाँ भुक्तानी गरिएको हो । कम्पनीका अनुसार सो रकम निजको श्रीमान स्व. शोभास थापाको मृत्यु भएपछि कम्पनीले प्रदान गरेको हो ।
मृतक शोभास थापाले विसं २०७६ माघ २८ गते कम्पनीको अभिकर्ता दिलिप गिरी मार्फतपाँच लाख रूपैयाँ बीमांकको बीमा गरेका थिए । निजले वार्षिक ३३ हजार पाँच सय ५१ रूपैयाँका दरले १ वटा वार्षिक किस्ताबापत कुल रकम ३३ हजार पाँच सय ५१ रूपैयाँ जम्मा गरेका थिए ।
कम्पनीका अनुसार यहीबीचमा बीमितको मिति २०७६/१०/२९ गते वीमा गरेको १ दिन (२४ घण्टा) नपुग्दै मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएपछि बीमा लाभबापत असार १४ गते भक्तपुर जिल्ला लोकन्थलीस्थित दाबीकर्ताको सम्पर्क ठेगानामै आयोजित एक कार्यक्रमका बीचमा कम्पनीका सहायक महाप्रबन्धक लोक राज जोशीले उक्त चेक दाबीकर्तालाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।