काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा छ करोड ८९ हजार आठ सय ७३ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा एक लाख ४८ हजार एक सय ३६ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड १६ लाख १६ हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा दुई अर्ब ८० करोड ३५ लाख ७१ हजार छ सय ८० रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ४८ करोड ८० लाख ३९ हजार चार सय ८५ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४४ करोड ११ लाख ८० हजार तीन सय आठ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा १४ करोड ५१ लाख ३५ हजार तीन सय ५६ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने छ दशमलव ५६ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ८२ करोड ३९ लाख ९८ हजार नौ सय ८९ रुपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ९२ करोड ८७ लाख ७७ हजार आठ सय ८८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २३ करोड ७२ लाख ६५ हजार दुई सय ६५ रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा १० करोड २१ लाख ३३ हजार पाँच सय ३३ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने तीन दशमलव ७९ प्रतिशत रहेको थियो ।