काठमाडौं । एनआईसी एसिया बैंकले बेस्ट इन डिजिटल अवार्ड प्राप्त गरेको छ । सेकेन्ड आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्सअन्तर्गत एनआईसी एसियाले उक्त अवार्ड प्राप्त गरेको हो ।
‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरूप सम्पूर्ण बैंकिङ सेवाहरू क्रमिकरूपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्त उक्त पुरस्कारले डिजिटल बैंकिङमा अझ बढी उत्प्रेरणा प्रदान गरेको छ,’ बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ । इन्डियन चेम्बर अफ कमर्सको सेकेन्ड आईसीसी इमर्जिङ एसिया बैंकिङ अवार्ड्सअन्तर्गत गत अगस्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजना गरिएको ’बैंकिङ कनक्लेभ २०२४’ कार्यक्रममा एनआईसी एसिया बैंकले यो अवार्ड प्राप्त गरेको हो ।
यो अवार्डका लागि विमस्टेकअन्तर्गतका राष्ट्रहरू नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमारलगायतका देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरूले विभिन्न आठ विधामा प्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट एनआईसी एसियाले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यो अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इन्डियन चेम्बर अफ कमर्सअन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरू निर्धारण गरेको थियो ।