काठमाडौं । एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय स्टोर्सले पोखरामा शाखा विस्तार गरेको छ । कम्पनीले हालै पोखराको महेन्द्रपुलमा आफ्नो पहिलो शाखा विस्तार गरेको हो । सो शाखाको जोय ग्रुपका निर्देशक गुरू शर्मा तथा अध्यक्ष साडर ढकालले उद्घाटन गरेका थिए ।
एप्पल कम्पनीका आधिकारिक उत्पादनमा उपभोक्ताको सहज पहुँच होस् भन्ने हेतुले शाखा विस्तार गरिएको जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृत मेघराज आचार्यले बताए । पोखरा शाखामा आकर्षक अफरसहित एप्पल कम्पनीका उत्पादन बिक्री वितरण गरिने कम्पनीले जनाएको छ । पोखरा शाखामा एप्पल कम्पनीका उत्पादन बिक्रीका साथै मर्मतसम्भार तथा एसेसरिजको पनि उपलब्धता छ । नयाँ शाखाबाट एप्पल कम्पनीका पारखीलाई भरपुर सन्तुष्टि मिल्ने कम्पनीको विश्वास छ ।