काठमाडौं । शेयर बजार परिसुचक नेप्से २७ बिन्दुमा झरेको छ । यसअघि लगातार बढेको नेप्से आज मंगलबार एक सय ११ दशमलव ९६ अंकले ओरालो लागेर २७ सय ८२ दशमलव ६० बिन्दुमा खुम्चिएको हो । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि २२ दशमलव ८७ अंकले ओरालो लागेर चार सय ९६ दशमलव ४७ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय ३० वटा कम्पनीहरुको दुई लाख ३४ हजार तीन सय ६० पटक शेयर किनबेच भएको छ । सोही किनबेचका आधारमा चार करोड ३८ लाख ६८ हजार नौं सय ७० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार एक सय ७० रुपैंयाँ कायम भएको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर खरिद बिक्री भएका छन् । जसमध्ये होटल तथा पर्यटन उपसमुहको सुचक ओरालो लागेको छ भने बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १२ वटा उपसमुहरुको सुचक ओरालो लागेका छन् ।