धादिङमा ईभी माइक्रोभ्यान र डिलक्स बस ठोक्किदा ईभी भ्यानमा सवार ४ जना घाइते भएका छन् । मंगलबार दिउसो धादिङको कालुपाण्डेमार्ग अन्तरगत नीलकण्ठ नगरपालिका वडा नम्बर ८ ससाहमा ईभी माइक्रोभ्यान र डिलक्स बस ठोकिएका थिए । घाइतेहरुको अबस्था सामान्य जस्तै रहेको जानकारि प्राप्ता भएको छ । यस बारेमा पुरा विवरण भने आउन बाकि रहेको छ ।