काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ २४ गतेदेखि लागू हुनेगरी नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई नियुक्त गरेका छन् । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् ।

राष्ट्रपतिको कार्यालयले नेपालको संविधान बमोजिम राष्ट्रपतिले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा हाल नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्दै आएका सिग्देललाई प्रधानसेनापतिमा नियुक्त गरेको जनाएको छ ।