काठमाडौं, शेयरबजार परिसुचक नेप्से २७ बिन्दुमा झरेको छ । अघिल्लो दिन झण्डै चार अंकले उकालो लागेको बजार परिससुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार ३६ दशमलव ८३ अंकले ओरालो लागेर २७ सय ४९ दशमलव ५७ बिन्दुमा खुम्चिएको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ३५ अंकले उकालो लागेर चार सय ८९ दशमलव ७९ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज तीन सय २२ वटा कम्पनीहरुको एक लाख ४६ हजार दुई सय चार पटक शेयर किनबेच भएको छ । सो अनुसार दुई करोड ८३ लाख ४६ हजार दुई सय ४६ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम १२ अर्ब २४ करोड ३६ लाख एक हजार तीन सय ६५ रुपैंैयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् ।जसमध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक झिनो अंकले उकालो लागेपनि बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, लघुवित्त, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।