काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको खुद नाफा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८०/८१ मा १४ करोड १६ लाख ८० हजार पाँच सय ९८ रूपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा नौ करोड ६५ लाख १३ हजार छ सय ५८ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ६१ करोड ८९ लाख रूपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा तीन अर्ब सात करोड चार लाख ९० हजार आठ सय २५ रूपैयाँ निक्षेप संकलन गरी आठ अर्ब ५२ करोड ५१ लाख ९७ हजार चार सय ३२ रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ६३ करोड ३४ लाख ७७ हजार सात सय २० रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा छ करोड ४७ लाख ७५ हजार २२ रूपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव १४ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले तीन अर्ब १२ करोड छ लाख ५९ हजार आठ सय २६ रूपैयाँ निक्षेप संकलन गरी सात अर्ब २६ करोड ३३ लाख ४३ हजार चार सय २३ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४६ करोड ६२ लाख ४४ हजार छ सय ४१ रूपैयाँ खुद व्याज आम्दानी गरेको संस्थामा चार दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव २८ प्रतिशत रहेको थियो ।