काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयरहरू प्रतिसेयर अंकित मूल्य एक सय रूपैयाँ दरमा सर्वसाधारणहरूमा निष्काशन गर्नका लागि यही भदौ नौ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न श्री एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तकृत समुदायका व्यक्तिलाई लघु जीवन बीमा सेवा पुर्याउने लक्ष्य लिई यस लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मिति २०८० भदौ १ मा लघु जीवन बीमकको इजाजत पत्र प्राप्त गरी मिति २०८० पुस ६ गतेदेखि औपचारिकरूपमा लघु जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आइरहेको छ । उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकुमार यादवर निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरेको कम्पनीले जानकारी दिएको छ ।