काठमाडौँ । कुमारी बैंक लिमिटेड र श्री एयरलाइन्सबीच सम्झौता भएको छ । कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यलाई श्री एयरलाइन्सबाट यात्रा गर्दा लाग्ने टिकट शुल्कमा आकर्षक छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो ।
सम्झौताअनुसार श्री एयरलाइन्सका काउन्टरहरूबाट कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूका परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा÷छोरी)का लागि टिकट खरिद गरी कुमारी बैंककै डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ सेवाबाट रकम भुक्तानी गर्दा पाँच सय रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
बैंकले हाल देशभर रहेका तीन सय दुर्ई वटा शाखा सञ्जाल, तीन सय १८ वटा एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखरहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने समेत प्रतिबद्धता बैंकले जनाएको छ ।