गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त चारजना मन्त्रीले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
नवनियुक्त कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी (श्रेष्ठ) स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक, उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको सपथ गराएका हुन् ।
नेपाल पर्यटन बोर्ड पोखराको सभाकक्षमा भएको कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, सरकारका मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीलगायतको उपस्थिति थियो ।