काठमाडौं, असार १६
हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७६’ अफरको विजेताहरुको नाम घोषणा गरेको छ । सो अफरअर्न्तगत हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा साथै स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट, लक्की ड्रमार्फत १० भाग्यशाली जोडीलाई ४ रात ५ दिनको लागि दुबई भम्रण तथा बम्पर लक्की ड्रबाट २ विजेतालाई हुन्डाई सेन्ट्रो र हुन्डाई भेन्यु जित्ने मौका थियो ।
हुन्डाई फेस्टिभ डिलाइट अफरको विजेताको घोषणा हिमालायण टिभीमा लाइभ ड्रमार्फत असार १५ गते सोमबार गरिएको थियो । कन्ज्युमर आई नेपालकी अध्यक्ष बिमला खनालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । उक्त अफरअनुरुप, ४ रात ५ दिनको दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको छनोट खनालद्वारा लक्की ड्र गरिएको थियो । उक्त अफरको विजेता भरत सिंह पौडेल, चन्द्रमणि पौडेल, श्रीजेश घिमिरे, महेश्वर लाल सिंह, कृष्ण प्रकाश पौडेल शर्मा, राजु शाह, दल बहादुर वि.क., विजय अग्रवाल-गणेश हार्डवेयर, एनआईसी एसिया बैंक लि., निर्भिक सापकोटा र खातु इन्टरनेशनल प्रालि रहेका छन् ।
त्यसैगरी हुन्डाई फेस्टिभ डिलाइट अफरको पहिलो बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर ३२९ का शालिकराम अधिकारीले हुन्डाई सेन्ट्रो जितेका भने अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्रअन्तर्गत, कुपन नम्बर १२७२ का नागेश्वर प्रसाद शाहले हुन्डाई भेन्यु जितेका छन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ । कम्पनीका अनुसार यस हुन्डाई फेस्टिभ डिलाइट योजनामार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना भदौ २ गतेदेखि कात्तिक १७ गते २०७६ सम्म लागू गरिएको थियो ।