काठमाडौं, असार १६ नेपाल बङ्गलादेश बैंकले शाखा विस्तारको क्रममा आफ्नो ९६औं शाखा काठमाडौँं जिल्लाको काँडाघारीमा सञ्चालनमा ल्याएको छ । बैंकले सोमबारबाट काठमाडौँं जिल्लाको काँडाघारीमा शाखा उद्घाटन गरी औपचारिक कारोबार शुभारम्भ गरेको हो । उक्त शाखाको औपचारिक समुद्घाटन बैकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङानाले गरेका हुुन् । बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैकिङ सेवा सुविधा प्रदान गर्ने उद्देश्यले आफ्नो शाखा सञ्जालमा नयाँ शाखा विस्तार गरेको हो । साथै सो शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैकिङ सेवा प्राप्त गर्न सक्नेछन् । काँडाघारी शाखासहित बैंकले ९६ शाखा, सातवटा एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।