काठमाडौं । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । अघिल्लो दिन ९० दशमलव ७३ अंकले ओरालो लागेको बजार परिसुचक नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पुन १२ दशमलव १० अंकले ओरालो लागेर २७ सय २७ दशमलव ३६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३६ अंकले ओरालो लागेर चार सय ८६ दशमलव ३५ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १६ वटा कम्पनीहरुको एक लाख १२ हजार छ सय ९२ पटकको कारोबारमा दुई करोड एक लाख ५३ हजार नौं सय ९३ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम नौं अर्ब ६५ करोड १५ लाख १३ हजार दुई सय ४६ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये लघुवित्त र व्यापार उपसमुहको सुचक उकालो लागेपनि बाणिज्य बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।