काठमाडौं । एभरेस्ट बैकले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १५ दशमलव ५३ प्रतिशत लाभांश घोषणा गरेको हो । घोषित लाभांशमध्येमा करसहित पाँच दशमलव ५३ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस सेयर रहेको छ ।

बैंकका अनुसार घोषित लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति एवं बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ ।