काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडले लाभांश वितरणको घोषणा गरेको छ । कम्पनीको यही भदौ नौ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको खुद नाफामध्येबाट सात दशमलव पाँच प्रतिशतको अनुपातमा लाभांश वितरण गर्नै घोषणा गरेको हो ।
लाभांश वितरणसम्बन्धी सञ्चालक समितिको बैठकले गरेको उक्त निर्णय कम्पनीको यही असोज ११ गते काठमाडौंको सिद्धार्थ बुटिक होटल बौद्ध हुने १५ औँ वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने छ । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्तावहरू पारित गर्ने तयारी गरेको छ ।