काठमाडौं । नेपाल टेलिकमले टिकटकको प्रयोगमा लगाइएको रोक हटाएको छ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबार जारी गरिएको सार्वजनिक सूचनाको आधारमा टेलिकमले टिकटकमाथिको प्रतिबन्ध हटाएको हो ।
सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कार्तिक २७ गतेबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई यही भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयले परिमार्जन गरी प्रतिबन्ध फुकुवा गरेको हो । टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटेसँगै अब टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।