काठमाडौ : भारतीय वेयरेवल ब्रान्ड बोटको व्यापार नेपाली बजारमा चार गुणाले बढेको पाइएको छ । २०७९ फागुनमा नेपाली बजारमा भित्रिएको बोटले व्यापार तुलनात्मकरूपमा चार गुणाले बढेको र आय दोब्बर भएको जनाएको छ । नेपाली बजारको लागि नेपालमा टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको बोटले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरूको बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ । नेपालमा सार्वजनिक भएसँगै बोट अडियो र वेयरवल्समा प्रमुख ब्रान्डको रूपमा स्थापित गर्न सफल भएको थियो । साथै, पछिल्लो दुई आर्थिक वर्षमा निरन्तररूपमा ब्रान्ड भ्यालुको आधारमा पहिलो र भोल्युमको आधारमा दोस्रो स्थान ओगट्न सफल रहेको छ । साथै, कम्पनीले नेपालमा आफ्नो व्यापार सफलतालाई प्रवद्र्धन गर्न दराजमा ‘बोटहेडडेज’ नामक नामक ब्रान्ड विक सेल आयोजना गरेको छ । बिहीबारदेखि सुरु भएको सो सेल भदौ २६ गतेसम्म सञ्चालन हुनेछ । यस अवधिमा ग्राहकहरूले चयन गरेका उत्पादनमा ७० प्रतिशतसम्मको छुटका साथै प्रिमियम अडियो र लाइफस्टाइल उत्पादनहरू किफायती मूल्यमा लिन सक्नेछन् । कम्पनीले नेपाली उपभोक्ताहरू वेभ कल दुई स्मार्टवाच र पावरबैंकहरू पनि उपलब्ध गराउँदै आएको छ । कम्पनीका उत्पादनहरू नेपालभरि एक हजारभन्दा बढी रिटेल र मोबाइल पसलहरूमा उपलब्ध रहेको जनाइएको छ । साथै, दराजमा उपलब्ध कम्पनीका ८० प्रतिशतभन्दा बढी एसकेयुहरूले चार स्टारभन्दामाथिको रेटिङ प्राप्त गरेका छन् ।