जाकार्ता । दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठन (आसियान)ले स्वच्छ ऊर्जालाई प्रवर्द्धन गर्दै हरित अर्थतन्त्रमा विश्वव्यापी सहयोगलाई अगाडि बढाउन विकसित र विकासोन्मुख देशलाई आह्वान गरेको छ ।
इन्डोनेसियाको जकार्तामा बिहीबारदेखि शुक्रबारसम्म आयोजना गरिएको अन्तर्राष्ट्रिय दिगोपन सम्मेलन (आईएसएफ) को पहिलो दिनमा यो प्रतिबद्धता गरिएको थियो । सम्मेलनमा विश्व नेता, निर्णय निर्माता, सीईओहरू र विशेषज्ञहरूको सहभागिता रहेको थियो ।
इन्डोनेसियाको चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष अर्सजाद रसजिदले सम्मेलनलाई सम्बोधन गर्दै दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जा र प्राकृतिक स्रोतको ठूलो सम्भावना भएकोले बताए ।
‘आसियानसँग हरित अर्थतन्त्र र ऊर्जा क्षेत्रहरूमा अगुवा बन्ने क्षमता छ’, रसजिदले भने, ‘यसका लागि विकासोन्मुख मुलुकलाई विकासशील मुलुकसँगको सहकार्य आवश्यक छ ।’ रासस/सिन्ह्वा