काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा चार करोड ७५ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा दुई करोड ९५ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १९ करोड ६० लाख दुई हजार रुपैयाँ रहेको संस्थाले आव २०८०/८१ मा एक अर्ब चार करोड २६ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ७५ करोड ४९ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १४ करोड ७४ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ७५ लाख ४५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ३९ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले ८५ करोड ८३ लाख ७९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ३६ करोड ४३ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड ४४ लाख ७६ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम तीन करोड ८५ लाख ३२ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ७८ प्रतिशत रहेको थियो ।