तुम्लिङटार (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मन्त्री भएपछि पहिलोपटक बुद्ध एयरको जहाजमार्फत गृहजिल्ला सङ्खुवासभा आइपुगेका छन् । उनलाई प्रमुख जिल्ला अधिकारी धुव्र खड्का, जिल्लास्थित नेपाली कांग्रेसका कार्यबाहक सभापति अनन्त गौलीलगायत स्थानीय जनप्रतिनिधि तथा जिल्लावासीले सङ्खुवासभास्थित तुम्लिङटार विमानस्थलमा स्वागत गरेका छन् ।
स्थानीय वेषभूषामा सजिएका पञ्चकन्याले मन्त्री खड्कालाई पुष्पगुच्छाले स्वागत गरेका थिए । मन्त्री खड्कासँगै मन्त्रालयका सचिवसहित उच्च पदस्थ अधिकारी सङ्खुवासभा आइपुगेका हुन् । मन्त्री खड्काका स्वकीयसचिव भुपालमान बस्नेतले गृहजिल्लामा रहँदा विभिन्न कार्यक्रममा मन्त्री खड्का सहभागी हुने कार्यक्रम रहेको जानकारी दिए ।