काठमाडौं । अन्तर्राष्ट्रिय लगेज तथा ब्याकप्याक ब्रान्ड सफारी ब्याग्सको डिलर स्किममा पुतलीसडकस्थित शुभ यात्रा कलेक्सन सर्वोत्कृष्ट डिलर हुन सफल भएको छ । उक्त स्किममा सर्वोत्कृष्ट डिलर हुन सफल शुभ यात्रा कलेक्सनका चेयरम्यान दर्शन खनाललाई जगदम्बा मोबाइल्सका एक्जिक्युटिव डाइरेक्टर सक्षम जाटियाले टीभीएस रोनिन मोटरबाइक र टीभीएस एन्टर्क स्कुटर प्रदान गरेका हुन् ।
शुभ यात्रा कलेक्सनले सफारी ब्याग्सको सर्वाधिक बिक्री गर्न सफल भएको थियो । सो कलेक्सनका चेयरम्यान दर्शन खनालले राम्रो काम गर्ने आफ्नो डिलरलाई पुरस्कार प्रदान गरेर सम्मान गरेकोमा सफारी ब्याग्सलाई धन्यवाद दिए । यसले आगामी वर्ष अन्य डिलरलाई मभन्दा राम्रो बिक्री गर्न हौसला प्रदान गरेको उनले बताए । त्यसैगरी सफारी ब्याग्सका बिजनेस हेड सन्तोष श्रेष्ठले सफारी ब्याग्सले बजार र ग्राहकको मागअनुसार उच्च गुणस्तरको लगेज र ब्याकप्याकहरू अन्तर्राष्ट्रिय वारेन्टीका साथ आकर्षक मूल्यमा उपलब्ध गराउँदै आएको बताए । कम्पनीको लगेज र ब्याकप्याकहरू उच्च गुणस्तरीय हुनुको साथै आफ्टर सेल्स सर्भिस पनि राम्रो भएकाले ग्राहकले सर्वाधिक रुचाएको उनले दाबी गरे ।
इन्डियाको लगेज ब्रान्ड सफारी ब्याग्स नेपालमा प्रवेश गरेको छोटो समयमा नै प्रयोगकर्ताहरूको मन जित्न सफल भई बजारमा सर्वाधिक रुचाइएको ब्रान्डमा पर्छ । नेपालको लागि सफारी ब्याग्सको एक मात्र नेसनल डिस्ट्रिब्युटर जगदम्बा मोबाइल प्रालि हो भने डिलरहरू नेपालभर रहेका छन् ।