काठमाडौं, असार १७
बीमा समितिले बीमा शुल्क बुझाउने समयसीमा असार २२ गतेसम्म थप गरेको छ । समितिले सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दै बीमा शुल्क बुुझाउन समयसीमा थप गरेको जानकारी दिएको हो । समितिका अनुसार यसअघि जीवन बीमा कम्पनीहरुको हकमा बीमा शुल्क बुझाउन समयसीमा असार १५ गतेसम्म तोकिएको थियो ।
उक्त अवधिसम्म बीमितहरुले प्रिमियम तिरे कुुनै पनि किसिमको ब्याज नलाग्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको थियो । तर पछिल्लो परिपत्रअनुुसार बीमा समितिले प्रिमियम तिर्ने समय असार २२ गतेसम्म थप गर्दै उक्त अवधिसम्ममा प्रिमियम तिर्दा कुनै पनि किसिमको ब्याज लिन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।
रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को नियन्त्रण तथा रोकथामको लागि सरकारले गत वर्ष चैत ११ गतेदेखि लकडाउनको घोषणा गरेको हो र हाल उक्त लकडाउनलाई केही खुकुलो बनाए पनि कायम नै रहेको भन्दै समितिले बीमितहरुको सुविधाको लागि उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।