काठमाडौं । दशैँ र तिहारको अवसरमा सिजीले ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । यस योजनाअनुसार कम्पनीका प्रत्येक सामानहरूको खरिदमा आकर्षक क्यासब्याक र पक्का उपहार प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ६० हजार पाँच सय रुपैयाँसम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सकिनेछ । योजनाअनुसार ६५ र ७५ इन्चको भी र ५५ इन्चमाथिको क्युलेडको खरिदमा दुई दशमलव स्पिकर फ्रि, रेफ्रिजेरेटर (डबल डोर)को खरिदमा फ्राइ प्यान फ्रि, रेफ्रिजेरेटर (साइड बाई साइड/मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम फ्रि, माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्रि पाइनेछ । यस्तै, फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा एरियल (छ किलो) फ्रि, सेमी र टप लोड वासिङ मेसिनको खरिदमा एरियल (तीन किलो) फ्रि र डिसवासरको खरिदमा डिसवासर किट फ्रि पाइने कम्पनीले जनाएको छ ।
यस्तै, अफरमा ग्राहकले ३२ देखि ५५ इन्चसम्मका टीभी खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यो योजनाअन्तर्गत स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सकिनेछ । त्यसैगरी कम्पनीले आफ्ना ग्राहकलाई एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान गरिदिने भएको छ । यो योजना नेपालभर सीमित अवधिको लागि मात्रै लागू हुने कम्पनीले जनाएको छ । साथै, कम्पनीले सीजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ । यसमा प्रिमियम सामानहरू मात्र उपलब्ध हुनेछ ।