काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयतकर्ता तथा विक्रेता भीजी अटोमोबामाइल्स प्रालिले ‘दशैँ आयो क्यास पायो’ स्किम ल्याएको छ । कम्पनीले चाडपर्वको अवसर पारेर मोटरसाइकल तथा स्कुटरको खरिद गर्ने ग्राहकहरूका लागि सो अफर ल्याएको हो । अफरअन्तर्गत ग्राहकहरूले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा एसएमएस गरी न्यूनतम सात हजारदेखि पाँच लाख रुपैयाँसम्म क्यास तुरुन्तै पाउनेछन् । साथै, एक्सचेन्ज र फाइनान्सको पनि सुविधा छ । कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरमा पाँच वर्षको वारेन्टी र पञ्चवर्षीय फ्रि सर्भिस सुविधा पनि ल्याएको छ ।