टोकियो । जापानको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा गिरावट आएको छ । यस आर्थिक वर्षको दोस्रो त्रैमासिकमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा जीडीपीमा दुई दशमलव नौ प्रतिशतले गिरावट आएको छ ।
‘अप्रिलदेखि जुनसम्मको अवधिमा जापानको अर्थतन्त्र वार्षिक दुई दशमलव नौ प्रतिशतको दरले वृद्धि भएको थियो जुन प्रारम्भिक प्रतिवेदनमा गरिएको तीन दशमलव एक प्रतिशतको प्रक्षेपणभन्दा शून्य दशमलव दुई प्रतिशतको कमी हो’, मन्त्रिपरिषद्को कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
यो कमीका लागि अपेक्षितभन्दा कम निजी खपत र पुँजीगत खर्च जिम्मेवार मानिएको छ । यद्यपि, यो आँकडाले दुई त्रैमासिकमा देखिएको पहिलो वृद्धिलाई सङ्केत गरेको छ । कार उत्पादन क्षेत्रमा सुरक्षासम्बन्धी तथ्याङ्कमा देखिएको गडबडीले पारेको नकारात्मक प्रभावले आर्थिक वृद्धिको लक्ष्यभन्दा नतिजा कम देखिएको हो ।
जापानमा उत्पादित वस्तु र सेवाहरूको कुल मूल्य मुद्रास्फीतिको लागि समायोजित गरिएको र वास्तविक कुल ग्रार्हस्थ्य उत्पादनमा अघिल्लो त्रैमासिकको तुलनामा शून्य दशमलव सात प्रतिशतले बढेको छ । यो वृद्धिको प्रारम्भिक प्रक्षेपण शून्य दशमलव आठ प्रतिशतको तुलनामा मात्र शून्य दशमलव एक प्रतिशतको कमी हो ।
रिपोर्टिङ अवधिमा, पुँजी लगानी शून्य दशमलव आठ प्रतिशतले वृद्धि भएको छ, जुन पहिले रिपोर्ट गरिएको शून्य दशमलव नौ प्रतिशतको वृद्धिभन्दा कम हो । जापानको अर्थतन्त्रको आधाभन्दा बढी हिस्सा ओगटेको निजी उपभोग एक प्रतिशतको प्रक्षेपणभन्दा सामान्य कम अर्थात् शून्य दशमलव नौ प्रतिशतले बढेको छ ।
भूकम्प र आँधीबेहरीका कारण यातायात प्रणालीमा बारम्बार भएको अवरोधका कारण तेस्रो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादनमा नकारात्मक वृद्धि हुने सम्भावनालाई उद्धृत गर्दै स्थानीय विश्लेषकहरूले आगामी जुलाई–सेप्टेम्बरको त्रैमासिकका लागि बजारको ध्यान कुल गार्हस्थ्य उत्पादनतिर नै रहने बताएका छन् ।