काठमाडौं । सामसङले हालै काठमाडौंको सिल्भर ओक ब्यान्क्व्येतमा माइक्रोवेभ मास्टरक्लासको आयोजना गरेको छ । सो कार्यक्रममा सहभागीहरूले देशको एक उत्कृष्ट प्रोफेस्नल सेफको निर्देशनमा स्वादिष्ट माइक्रोवेभ गरेका रेसिपीहरू बनाउन सिकेका थिए ।
मास्टरक्लासको मुख्य सामसङको पछिल्लो माइक्रोवेभ ओभनलाई प्रवर्द्धन गरी तिनीहरूको उपयोगिता प्रदर्शन गरेर खाना पकाउने सुविधाजनक विकल्पको रूपमा दर्शकहरूलाई परिचय गराउनु रहेको थियो । यो मास्टर ट्रेनर निमेश उलकद्वारा प्रदर्शन गरिएको थियो ।
उनले सहभागीलाई केही स्वादिस्ट रेसिपीहरू तयार गर्न सिकाइ यी माइक्रोवेभहरू प्रभावकारीरूपमा प्रयोग गर्न मद्दत गर्नुका साथै माइक्रोवेभ ओभन प्रयोग गर्दा लागू गर्न सक्ने विशेष सुझावहरू पनि दिएका थिए । कार्यक्रममा सामसङको एआई इकोबबल वासिङ मेसिन प्रविधिको प्रदर्शनी पनि गरिएको थियो ।