काठमाडौं । गएको साउन महिनामा बीमितले एक अर्ब ५४ करोड रुपैयाँबराबरको बीमा त्याग (सरेन्डर) गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार साउनमा १४ वटा जीवन बीमा कम्पनीहरूले जारी गरेको बीमालेखमध्ये १० हजार दुई सय ९२ जना बीमितले एक अर्ब ५४ करोड ११ लाख १६ हजार रुपैयाँबराबरको बीमा परित्याग गरेका हुन् ।
सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीमा बीमा गरेका सात सय ६७ जना बीमितले सात करोड करोड ८७ लाख ८९ रुपैयाँबराबरको बीमा त्याग गरेका छन् । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि तीन सय ५४ जना बीमितको छ करोड ३८ लाख आठ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । यसैगरी, नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीमा दुई हजार सात सय ३१ जना बीमितको ४८ करोड ४१ लाख ३१ हजार रुपैैयाँबराबरको बीमा त्याग भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल लिमिटेडमा पनि २७ सय १५ जना बीमितको ५१ करोड ३४ लाख ३७ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ ।
मेटलाइफ इन्स्योरेन्स कम्पनीमा पनि एक महिनामा चार सय १९ जना बीमितले चार करोड ४९ लाख ३५ हजार रुपैयाँबराबरको बीमा त्यागेका छन् । एसियन लाइफ इन्स्योरेन्स कम्पनीको नौ सय ७९ जना बीमितको १३ करोड ५५ लाख ५३ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा पनि दुई सय एक जना बीमितको दुई करोड ८८ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा ६९ जना बीमितको ५७ लाख आठ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ ।
रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पनि दुर्ई सय चार जना बीमितको एक करोड २१ लाख ५५ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । सिटिजन लाइफ इन्योरेन्स कम्पनीमा एक सय ९० जना बीमितको एक करोड ५९ लाख ४९ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्सका पाँच सय ५२ जना बीमितले पाँच करोड ८५ लाख ६८ हजार रुपैयाँबराबरको बीमा त्याग गरेका छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा एक सय ७८ जना बीमितले दुई करोड ६६ लाख ३९ हजार रुपैयाँबराबरको बीमा त्याग गरेका छन् । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा भने आठ सय ७४ जना बीमितको सात करोड सात लाख ६७ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ । यसैगरी प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा पनि ८६ जना बीमितको एक करोड पाँच लाख ८९ हजार रुपैयाँबराबरको बीमा त्याग भएको छ ।