काठमाडौं, असार १७
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक ७२ दशमलव पाँच अंकले उकालो लागेर १२ सय ६० दशमलव ७५ बिन्दुुमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि यसदिन १५ दशमलव ६३ अंकले उकालो लागेर दुुई सय ७१ दशमलव ९२ बिन्दुमा चढेको छ । कारोबार खुलेको पहिलो ४८ मिनेटमा नै चार प्रतिशतले बढेपछि २० मिनेटको लागि सर्किट ब्रेक लागेको थियो । सोपश्चात् बजार खुुले पनि पुनः नेप्सेको उच्च वृद्धिले निरन्तरता पाएको थियो । सोपश्चात् सो दिन १२ः१७ बजेसम्म बजार परिसूचक पाँच प्रतिशतले बढे पनि दोस्रो पटक ४० मिनेटको लागि सर्किट बे्रक लगाइएको थियो । सोपश्चात् भने सो दिन सेयर बजार केही सम्हालिएको थियो ।
यसदिन बजार परिसूचक उच्च अंकले बढे पनि कारोबार रकम भने खासै बढ्न सकेन । यसदिन कुुल एक सय ३४ कम्पनीहरूको सेयर कारोबार भएको छ । जसअनुुसार दुुई हजार नौ सय १९ वटा कारोबारमा चार लाख ८९ हजार पाँच सय ३७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम २२ करोड ७२ लाख १२ हजार एक सय ९४ रूपैयाँ पुुगेको छ । यस दिन धितोपत्र बजारमा १२ वटा समूहको कारोबार भएका छन् । जसअनुसार होटल र सामूहिक लगानी कोष समूहको सूचक क्रमशः ४७ दशमलव ८४ र शून्य दशमलव शून्य तीन अंकले ओरालो लागेका छन् भने बाँकी समूहको सूचक उकालो लागेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ७३ दशमलव ७२ अंकले उकालो लागेर एक हजार ९० बिन्दुुमा चढेकोमा विकास बैंक समूहको सूचक ६५ दशमलव ६६ अंकले उकालो लागेर १६ सय ९० दशमलव ३३ बिन्दुुमा चढेको छ ।
जलविद्युत् समूहको सूचक पनि ३९ दशमलव ७७ अंकले उकालो लागेर नौ सय २६ दशमलव १० बिन्दुुमा चढेकोमा फाइनान्स समूहको सूचक पनि चार दशमलव ९७ अंकले उकालो लागेर छ सय ३० दशमलव ११ बिन्दुुमा चढेको छ । यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि दुुई सय ९६ दशमलव १५ अंकले उकालो लागेर पाँच हजार तीन सय ३६ दशमलव ९४ बिन्दुुमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि छ सय ३४ दशमलव ९८ अंकले उकालो लागेर सात हजार तीन सय ८२ दशमलव चार बिन्दुुमा चढेको छ ।
यीबाहेक ट्रेडिङ, उत्पादनमूलक, अन्य र लघुुवित्त समूहको सूचक पनि क्रमशः ६५ दशमलव ७३, एक सय २२ दशमलव ७७, २३ दशमलव ९७ र ७७ दशमलव सात अंकले उकालो लागेका छन् । यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नागरिक लगानी कोषको सेयर मूल्य १० रूपैयाँले बढेर २२ सय ७७ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको एसियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि १० रूपैयाँले नै बढेर पाँच सय ३९ रूपैयाँमा किनबेच भएको छ ।
यीबाहेक सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको सेयर मूल्य पनि बढेका छन् । गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता सेयर मूल्य भने नौ रूपैयाँ ९४ पैसाले घटेर तीन सय ४४ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको ओरन्टल होटल समूहको प्रतिकित्ता सेयर मूल्य पनि नौ रूपैयाँ ७३ पैसाले घटेर तीन सय छ रूपैयाँमा किनबेच भएको छ । यीबाहेक बेष्ट फाइनान्स, नेपाल सेवा लघुुवित्त वित्तीय संस्था आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको हिमालयन डिष्ट्रिलरी प्रालीको प्रतिकित्ता १४ सय ५७ रूपैयाँ अन्तिम मूल्यमा तीन करोड ६४ लाख ३८ हजार ६० रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय ७७ रूपैयाँ अन्तिम मूल्यमा तीन करोड ५२ लाख २३ हजार सात सय ९० रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक एनएमबी बैंक, पुनर्बीमा कम्पनी आदिको पनि बढी रकम कारोबार भएका छन् ।