काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले आज बिहान एक बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ, डिजेल र मट्टीतेलमा पाँच/पाँच रुपैयाँका दरले घटाएको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी, र वीरगञ्ज क्षेत्रमा प्रतिलिटर पेट्रोलको मूल्य एक सय ५६ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेलको एक सय ४६ रुपैयाँ ५० पैसा तोकेको छ ।
सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ५८ रुपैयाँ, डिजेल र मट्टीतेल एक सय ४८ रुपैयाँ तोकेको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर एक सय ४९ रुपैयाँ र डिजेल तथा मट्टीतेल एक सय ४९ रुपैयाँ तोकेको छ ।