काठमाडौं, असार १७
एनएमबी बैंकले विश्व बैंक सदस्य समूह (आईएफसी)बाट अमेरिकी डलर २५ मिलियन पुनः कर्जाको लागि समझदारीमा हस्ताक्षर गरेको छ । यो सम्झौतासँगै एनएमबी दुई वर्षको अवधिमा आईएफसीबाट लगातार दुई पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैंक भएको छ । यो वैैदेशिक लगानी हालको परिदृश्यमा वाणिज्य बैंकलाई प्रदान गरिएको पहिलो अन्तर्राष्ट्रिय लगानी हुनेछ ।
सम्झौतामा एनएमबीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र आईएफसीका एक्टिङ रेजिडेन्ट रिप्रिजेन्टेटिभ सन्तोष पाण्डेले हस्ताक्षर गरेका हुुन् । यो समझदारीले मझौला उद्यमी वर्गको लागि आवश्यक कर्जाको आपूर्ति गर्नुको साथै र नयाँ उद्यमीलाई पनि प्रोत्साहित गर्ने बैंकले जानकारी दिएको छ । अमेरिकी डलर २५ मिलियनको यस कर्जाले प्राथमिकताका क्षेत्रहरू विशेषगरी साना तथा मझौला कर्जा र हरित परियोजनाहरूको सशक्तीकरणमा सघाउ पु-याउन सदुपयोग गरिनेछ ।