काठमाडौं । शेयर बजार परिसुचक नेप्से पुन ओरालो लागेको छ । अघिल्लो दिन ५० अंकले घटेको नेप्से आज सोमबार पनि ५७ दशमलव शुन्य तीन अंकले ओरालो लागेर २५ सय ८० दशमलव ७६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ५४ अंकले ओरालो लागेर चार सय ६० दशमलव ११ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय १२ वटा कम्पनीहरुको ९२ हजार आठ सय १५ पटक शेयर किनबेच भएको छ । जसबाट एक करोड ७० लाख ६१ हजार आठ सय सात कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ३६ करोड १९ लाख ८८ हजार तीन सय ८३ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा सहितका सबै उपसमुहहरुको सुचक ओरालो लागेर नेप्से पुरै रातो भएको छ ।