काठमाडौं । युवाहरूमाझ लोकप्रिय डिजिटल वालेट माईपेले नेपालीहरूको महान पर्व वडा दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला: चाडवार्डको बहार, माईपेमा उपहारै उपहार’ अफर सार्वजनिक गरेको छ।
युवालाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरूले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरू जित्न सक्ने छन् । माईपेबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नुहुनेछ । मेगा पुरस्कारमा दुई जना विजेताहरूले आइफोन १६ र दुई जनाले हिराको औँठी जित्न सक्नुहुनेछ । त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता एयर बड्स, स्मार्ट वाच, एनालग वाच, चाँदीको औँठी र १० हजार रुपैयाँ बराबरको ब्युटी प्रोडक्ट र धेरै गिफ्ट भौचर र डिस्काउन्ट भौचरहरू जित्न सकिने छ ।
कम्पनीको अनुसार यो माईपे मेला अवधिभर प्रयोगकर्ताहरूलाई ७५ लाख रुपैयाँ बराबरको डिस्काउन्ट र क्यास व्याक भौचरहरू प्रदान गर्ने साथै हरेक हप्ताको १०–१० जनालाई माईपेबाट कारोबार गर्दा कारोबार रकमको एक सय प्रतिशत नै फिर्ता दिइने पनि माईपेले जनाएको छ ।