काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले १८ वर्ष प्रवेश गरेको अवसरमा आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ९० दिनसम्म सञ्चालन हुने ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ उपहार योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार उपहार योजनाअन्तर्गत ‘लक्की ड्र’मार्फत हरेक महिना दुई जनालाई सामसुङको स्मार्ट फोन, हरेक हप्ता दुई जनालाई सामसुङको स्मार्ट टीभी साथै ९० दिन लगातार हरेक दिन १८ जना विजेतालाई जनही पाँच सय रुपैयाँको वालेट टपअप र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने योजना रहेको छ । यो योजना १ असोजदेखि ३० मंसिरसम्म लागू हुनेछ । यो अवधिभर सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्ने कम्पनीको भनाइ छ ।
उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि कर्मचारीलाई लागू नहुने कम्पनीले जानकारी दिएको छ ।