काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अञ्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले यसअघि नायब प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार उनी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृत भएकी हुन् । नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृति भएपछि श्रेष्ठले कार्यभार सम्हाल्ने कम्पनीले जनाएको छ । यसअघिका सीईओ विजयबहादुर शाह बाहिरिएपछि श्रेष्ठले नै कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतको पद सम्हाल्दै आएकी कम्पनीले जानकारी दिएको छ ।