बेइजिङ । मध्य शरद चाडाको लागि तीन दिन बिदा हुँदा चीनको यातायात क्षेत्रमा व्यस्तता बढेको छ । आइतबार बिदाको पहिलो दिन चीनको यातायात क्षेत्रहरुले लगभग दुई सय १५ दशमलव ९२ मिलियन यात्रुलाई यात्रा गराएका छन् । जुन अन्य समयको तुलनामा ३७ दशमलव नौ प्रतिशत बढी हो ।
चीनको यातायात मन्त्रालयको तथ्यांकअनुसार रेलमार्गबाट १७ दशमलव शून्य नौ मिलियन यात्रु यात्रा गरेका छन् । यस्तै पानीबाट पाँच लाख ४४ हजार एक सय र हवाई मार्गबाट एक दशमलव ८४ मिलियन यात्रुले यात्रा गरेका छन् । सडक राजमार्गहरुमा एक सय ९६ दशमलव ४५ मिलियन यात्रुहरु यात्रा गरेका छन् । मध्य शरद महोत्सव यसवर्ष सेप्टेम्बर १७ देखि परेको छ ।