काठमाडौं । शेयर बजार परिसुचक पुन ओरालो लागेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से परिसुचक चार अंकले ओरालो लागेर २५ सय ७६ दशमलव ७६ बिन्दुमा खुम्चिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १९ अंकले ओरालो लागेर चार सय ५९ दशमलव ९२ बिन्दुमा खुम्चिएको छ ।
धितोपत्र बजारमा आज तीन सय २० वटा कम्पनीहरुको ८० हजार तीन सय ७८पटक शेयर किनबेच भएको छ । जसबाट आज एक करोड ३९ लाख ५२ हजार एक सय २१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ६६ करोड ९१ लाख ९४ हजार नौं सय ६१ रुपैंयाँ पुगेको छ ।
धितोपत्र बजारमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक र निर्जीवन बीमा उपसमुहको सुचक उकालो लागेका छन् भने बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।