दोलखा,दोलखामा रहेको नेपाली सेनाको गरुडदल गणका सेनाको टोलीले कालिन्चोक गाउँपालिका वडा नम्बर ६ लापिलाङ पिलिखेपाका आगोलागि पिडितको घर निमाणर्मा सघाएको छ । गणका प्रमुख सेनानी सुरज बस्नेतका अनुशार हप्तादिन लगाएर ६ जनाको समुहले दुई जना आगोलागि पिडित धनबाहदुर थामी र गुम्बे थामी घर निमाणर् समपन्न गरि सेनाको टोली आज शुक्रबार चरिकोट फर्किएको हो ।
सोहि गाउँपालिका वडानम्बर ६ का वडा अध्यक्ष भरत पाण्डेको बिशेष अनुरोधमा थामीको घर निमाणर्मा सेनाले सघाएको हो । आगोलागिबाट थामीको लाखौ बराबरको धनमाल क्षति समेत भएको थियो । गएको २७ गते बिजुली सटभई आगोलागि पश्चात् सेनाले चासो देखाएको थियो ।
बिपत्मा परेका नागरिकहरलाई साहायता दिने उदेश्यले आगोलागि पिडित थामीहरुको घर निमाणर् गरिएको प्रमुख सेनानी सुरज बस्नेतले बताउनु भयो । नेपाली सेनाले प्राबिधिक र जनशक्ति सहयोग गरि घर निमाणर् गरेपछि थामीका परिवारले सेनाले जिन्दगीमा भुल्नै नसक्ने गरि गुण लगाएर सहयोग गरेको आगोलागि पिडित गुम्बे थामीले बताउनु भयो ।