काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले र्याडिसन होटलमा उपलब्ध हुने सेवा सुविधामा विशेष छुट पाउने भएका छन् । नबिल बैंक र र्याडिसन होटलबीच भएको दुईपक्षीय समझदारीअनुसार ग्राहकहरूले यस्तो छुट पाउने भएका हुन् ।
नबिल बैंकको तर्फबाट रिटेल ट्रान्जेक्सन विभाग प्रमुख निरज शर्मा र र्याडिसन होटलको तर्फबाट फुड एन्ड बेभरेज निर्देशक केदार पाण्डेले समझदारीमा हस्ताक्षर गरेका छन् । समझदारीअनुसार नबिल बैंकका ग्राहकले र्याडिसन होटलमा सेवा सुविधाको भुक्तानी गर्दा नबिलको डेबिट कार्ड, क्रेडिट कार्ड, एनबैंक तथा एटीएम कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट दिइने भएको छ । यस्तो छुट खानेकुरा र पेय पदार्थ, पेस्ट्री पसल, स्पा तथा जिम सेवामा हुने समझदारीमा उल्लेख गरिएको छ ।