काठमाडौं । आइएमई मोटर्सले रिलायन्स फाइनान्सबीच सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ । यस सम्झौतासँगै ग्राहकले अब रिलायन्सबाट ७० प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।
सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एसएमई प्रमुख नवीन्द्र केसी र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारीबीच हस्ताक्षर भएको हो ।
यस समझदारीमार्फत दुवै कम्पनीको ग्राहक–केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिङको सुविधा उपलब्ध भएको छ ।
सम्झौताअनुसार ग्राहकले अब रिलायन्स फाइनान्सबाट सवारी साधनको कुल मूल्यको ७० प्रतिशतसम्मको फाइनान्सिग प्राप्त गर्न सक्नेछन् । यो साझेदारीले दुवै कम्पनीहरूको सेवालाई उपयोग गर्दै सहज प्रक्रियासँगै सुलभ र प्रभावकारी फाइनान्सिङ सुविधा उपलब्ध हुनेछ । समझदारीले सवारी साधनको स्वामित्वको पहुँचलाई विस्तार गर्नेछ र अटोमोबाइल क्षेत्रको विकासलाई थप प्रवर्द्धन गर्नेछ ।
आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको यो साझेदारीबाट ग्राहकलाई बढी फाइनान्सिङ सुविधाहरू गर्ने तथा यसबाट अशोक लेल्यान्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिङ सेवामार्फत ग्राहकको आवश्यकतालाई पूरा गर्न तत्पर रहेको बताएका छन् ।